नेकपा एमालेका मन्त्रीहरू पुगे बालकोट



काठमाडौं । नेकपा एमालेका मन्त्रीहरु पार्टी अध्यक्ष निवास बालकोट पुगेका छन् ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेलगत्तै पार्टीका सबै मन्त्री बालकोट पुगेका हुन् ।

मन्त्रीहरुले पार्टी अध्यक्ष ओलीलाई भेटेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउन प्रधानमन्त्री निवास बालुवाटार जाने एक मन्त्रीले बताए ।


क्लिकमान्डु