रास्वपा बैठक: महामन्त्री ढकालको प्रतिवेदनमाथिको छलफल जारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा महामन्त्री डा. मुकुल ढकालले तयार गरेको प्रतिवेदनमाथिको छलफल जारी रहेको छ ।

बुधबार पार्टीकार्यालयमा बिहानबाट सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले प्रतिवेदनमाथि आफ्नो धारणा राखिरहेका हुन् । सहप्रवक्ता मनिष झाका अनुसार अहिलेसम्म ७० प्रतिशत सदस्यले प्रतिवेदनमाथि आफ्नो मत राखेका छन् ।

प्रतिवेदनमाथिको छलफल सकिएपछि प्रतिवेदन सार्वजनिक गरिने उनले बताए

आजको बैठकमा महामन्त्री ढकालले बैठक प्रत्यक्षप्रसारण नगरेको भन्दै मुखमा कालो टेप लगाएर बैठकमा बसेका थिए । उनले प्रतिवेदन प्रस्तुत नगरेपछि सहमहामन्त्रीले प्रतिवेदन पेस गरेका थिए ।


क्लिकमान्डु