प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा अभियान “ढुक ढुक हैन, ढुक्क होऔँ”



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले “ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं” नारासहित ब्राण्डिङ क्याम्पियन ल्याएको छ । साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएको केही समयपछि कम्पनीले यस्तो क्याम्पियन ल्याएको हो ।

“जीवनमा हरपल हुनसक्ने आर्थिक अनिश्चितताको ढुक ढुकलाई जीवन बीमा मार्फत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ढुक्क हुने परिस्थिति सिर्जना गर्छ”, कम्पनीले जारी गरेको विज्ञपितीमा उल्लेख छ । यही यथार्थलाई विज्ञापनको माध्यमबाट आम नागरिकमा सचेतना जगाउने र कम्पनीको प्रचार प्रसार गर्ने लक्ष्य लिएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ ।

यसका लागि प्रसिद्ध कलाकार मनोज गजुरेललाई ब्राण्ड एम्बेसडरको रुपमा अनुबन्धन गरिएको बताइएको छ । साथै “ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं” ब्राण्डिङ क्याम्पियनको प्रमुख भूमिकामा समेत उनलाई नै अनुबन्ध गरिएको हो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स आफ्ना ग्राहकहरूलाई जीवन बीमाको माध्यमबाट आर्थिक सुरक्षा र निश्चिन्तता प्रदान गर्न समर्पित छ भन्ने सन्देशलाई अझ सुदृढ गर्न यो क्याम्पियन अघि सारिएको जनाइएको छ ।
जीवन बीमा गरेर ढुक्कको जिन्दगी जिउन सकिने कुरालाई उठान गरेको प्रचार सामग्रीहरुले जनमानसमा सकारात्मक प्रभाव पर्नेमा कम्पनी विश्वस्त रहेको छ । यस क्याम्पियनले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका साथै जीवन बीमा व्यवसायप्रति नै सकारात्मक प्रभाव पर्ने कम्पनीको दाबी छ ।


क्लिकमान्डु