भवानी हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकलाई छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंजको श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ ।

नयाँ समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस्तो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना १९३ वटा शाखा, १५६ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट १७ लाख ६० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु