अन्तिम मिनेटको कारोबारले सेयर बजारमा सामान्य सुधार, बढ्यो कारोबार रकम



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजारमा सामान्य सुधार आउँदा कारोबार रकम भने बढेको छ ।

निकै उतार चढाबकाबिच बजारमा बजारमा ३.७९ अंकको वृद्धि देखिएको छ । परिसूचक २१०४.२२ बिन्दु कायम भएको छ । अन्तिम एक मिनेटमा बजार ३ अंकले बढाइएको हो ।

यो दिन ३१४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८४ कित्ता सेयर ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९३५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा होटल, जलविद्युत, जीवन बिमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीबन बिमा, अन्य समूहको उपसूचकमा गिरावट आएको छ । बाँकी समूहको उपसूचकमा हरियाली छाएको छ ।

कारोबारमा २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ वटा कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ । चिरख्वा हाईड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, माण्डू हाईड्रोपावर, बोटलर्स नेपाल (बालाजु) का लगानीकर्ताले गुमाएको छ ।


क्लिकमान्डु