रास्वपामा विवाद: मुकुलले पेश गरेनन् प्रस्ताव



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विवाद बढेको छ । बुधबार बिहानबाट सुरु भएको बैठकमा महामन्त्री मुकुल ढकालले आफूले तयार पारेको प्रस्ताव पेश गर्न खोजे पनि केन्द्रीय समितिको सर्वसहमतिले रोकेको थियो ।

बैठकमा मास्कमाथि कालो टेप टाँसेर उपस्थित भएका ढकालले आफूलाई प्रस्ताव पेश गर्नबाट रोकिएको बताए ।

रास्वपा रवि लामिछानेको मात्रै नभएको भन्दै ढकालले पार्टीलाई सबैको साझा बनाउनु पर्ने उल्लेख गरे ।

‘यो पार्टी अहिलेसम्म रविको पार्टी रह्यो, अब यसलाई सबै स्वतन्त्त्र सोच राख्नेको दल बनाउँ भन्ने प्रस्ताव लगेको थिएँ । सभापति रवि लगायत केन्द्रीय समितिले राख्न दिएन,’ उनले भने,’प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।’

ढकालको सट्टा उनको प्रस्ताव सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेका थिए ।

बैठक केही बेरलाई रोकिएको छ ।


क्लिकमान्डु