रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्ने, कसले पाउँछ आवेदन दिन ?



काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट असार २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सार्वजनिक निष्कासनको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्र्न लागेको हो । आईपीओमा न्यूनतम ५० कित्ता आवेदन दिनु पर्नेछ । आईपीओमा अधिकतममा २० हजार कित्तासम्म आवेदन दिनु पर्ने छ । आवेदन दिने समय असार २७ देखि साउन १० गतेसम्म रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहको छ ।


क्लिकमान्डु