राष्ट्र बैंकले ४५ करोड मुद्दती निक्षेपमा लगानी गर्ने




काठमाडौं । नेपाल राष्ट्र बैंकले ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम एक बर्षका लागि बैंक तथा वित्तिय संस्थामा लगानी गर्ने जनाएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा ३६ करोड, राष्ट्रिय स्तरका विकास बैंकमा ६ करोड ७५ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा २ करोड २५ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ ।

उक्त रकम लिन चाहने बैंक तथा वित्तिय संस्थाले लिन चाहेको रकम खोली असार २० गते ७ बजे भित्र ब्याजदर प्रस्तावन गर्न आह्वान गरेको छ । राष्ट्र बैंकले साउन ३ देखि २०८२ साउन ३ गतेसम्मका लागि उक्त रकम मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।


क्लिकमान्डु