नयाँ सत्ता समीकरणमा समर्थन जुटाउँदै कांग्रेस, देउवाले बोलाए विपक्षी दलहरुको बैठक



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको प्रतिपक्षमा रहेका दलहरुको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित आफ्नै निवासमा मंगलबार साँझका लागि बैठक बोलाएका हुन् ।

बैठकमा राप्रपा, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चालगायत दलका शीर्ष नेताहरुलाई बैठकमा बोलाइएको छ । कांग्रेसले नेकपा एमालेसँग मिलेर बनाएको नयाँ सत्ता समीकरणका लागि समर्थन जुटाउन कांग्रेसले यो बैठक आयोजना गर्न लागेको बुझिएको छ । जहाँ अब बन्ने नयाँ सरकारका लागि समर्थन जुटाउन कांग्रेस सभापति देउवाले पहल गर्नेछन् ।

केही दिनको प्रयासपछि कांग्रेस र एमालेले वर्तमान सरकार परिवर्तन गर्दै संयुक्त रुपमा नयाँ गठनको तयारी गरिरहेका छन् । यसका लागि दुई ठूला दलहरुबीच सहमति बनिसकेको छ ।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने यही सरकारका लागि संसद्‍बाट विश्वासको मत लिने तयारी गरेका छन् । दाहाल तत्कालै सरकार नछाडेर बालुवाटार बसाइ अझै केही समय लम्ब्याउने मनस्थितिमा देखिएका छन् ।


क्लिकमान्डु