मन्त्रीहरुलाई प्रधानमन्त्रीको ब्रिफिङ: सरकार फेरिने चर्चा असत्य, गठबन्धन लामै समय जान्छ



काठमाडौं । सरकार परिवर्तन हुने चर्चाकाबीच बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ ।

सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार परिवर्तनबारे बाहिर भएको चर्चाको विषयमा जानकारी गराएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

प्रधानमन्त्रीले गठबन्धनमा असमझदारी भएको हल्लामा सत्यता नभएको बैठकमा बताएका थिए ।

‘हिजो र आज प्रधानमन्त्री र एमाले अध्यक्षबीच भेटवार्ता भइरहेको छ । सबैले थाहा पाउनु भएको छ । बैठकमा प्रधानमन्त्रीले बाहिर चर्चामा आएको विषयबारे ब्रिफिङ गर्नुभयो । केपी ओली र प्रधानमन्त्रीको छलफल भएको छ । बाहिर असमझदारी बढ्यो भनेर आएका कुरा असत्य हुन् यो गठबन्धन लामै समय जाने जानकारी गराउनुभएको छ’ उनले भनिन् ।


क्लिकमान्डु