बैंकले तान्यो लगानीकर्ताको ध्यान, बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबार रकम घट्यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १६.२९ अंकले बढेर परिसूचक २०५३.३८ बिन्दु कायम भएको छ ।

यो दिन बजारमा दोहोरो अंकको सुधार आएको भएपनि कारोबार रकम भने बढन सकेको छैन । ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर २ अर्ब ९९ करोढ ९९ लाख ६५ हजार रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० वटाको घटेको छ । सोमबार वित्त, उत्पादन तथा प्रशोधन समूहको उपसूचक घटेको छ भने बाँकी समूहको उपसूचक बढेको छ । बैंकका लगानीकर्ताको आकर्षण देखिएको छ ।


क्लिकमान्डु