सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । सोमबारको बजार मूल्य अनुसार तोलामा २ सय रुपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तर चाँदीको मूल्य स्थिर रहेको बताइएको छ । सोमबार नै चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


क्लिकमान्डु