भक्सवागन कारको एयरब्यागमा खराबी देखिएपछि कम्पनीले २ लाख ७१ हजार गाडी फिर्ता माग्यो



एजेन्सी । जर्मनीको लोकप्रिय कार उत्पादक भक्सवागनले प्यासेन्जर सिटको एयरब्यागमा खराबी आएपछि २ लाख ७१ हजार ३ सय ३० वटा आफ्ना एटलास एसयूभी सवारी फिर्ता मगाएको छ ।

२०२१ देखि २०२४ सम्म बनेका सीमित एटलस भिहिकल र २०२० देखि २०२४ सम्म बनेका एटलस क्रस स्पोर्ट भिहिकलहरु फिर्ता मगाएको हो ।

ती सवारीमा वायरिङ त्रुटी देखिएपछि प्यासेन्जर सिटका यात्रीले एयर ब्याग प्रयोग गर्न नसक्ने अवस्था आएको युएस नेसनल हाइवे एन्ड सेफ्टी एडमिनिस्ट्रेसनले उल्लेख गरेको छ ।

गत मार्चमा भक्सवागनले यस्तै त्रुटिको कारण देखाएर १ लाख ४३ हजार एटलास एसयूभी फिर्ता ल्याउने घोषणा गरेको थियो । तर यही बुधबार २ लाख ७१ हजार सवारी फिर्ता ल्याउने निर्णय मार्चको निर्णयमा समेटिएको छ वा छैन यसबारे कम्पनीले यकिन गरेको छैन ।

भक्सनवागनले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । भक्सवागनले यसअघि उल्लेख गरे अनुसार कारको सिट हिटरमा कारको तौल सेन्सरसँगको कनेक्सनमा खराबी हुनसक्ने भनिएको थियो । जसले सिटमा प्यासेन्जर बसे पनि एयरब्यागको स्विच अफ हुनसक्ने समस्या उत्पन्न भएको हो ।

र यस्तो अवस्थामा साइड सिटको प्यासेन्जरलाई एयरब्याग बन्द गरिएको सचेत गराउँदै कारको इन्स्ट्रुमेन्ट प्यानलबाट वार्निङ लाइट र आवाज आउने गर्छ ।

यस्तो समस्याबाट प्रभावित सवारी साधनका मालिकहरुलाई अगस्ट १६ मा हुलाकबाट सूचीत गरिने कम्पनीले बताएको छ । साथै पार्टपुर्जाहरु तयार भइसकेपछि भक्सवागनका डिलरहरुले त्रुटि देखिएका पार्ट्सहरु निशुल्क एक्सचेन्ज गरिदिने पनि कम्पनी जनाएको छ ।


क्लिकमान्डु