डिजेलमा ५ र पेट्रोलमा २ रुपैयाँ बढ्यो




काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले सोमबार विहान १ बजेबाट लागू हुने गरी डिजेलमा ५ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढाएको छ ।

आयल निगमले भारतबाट नयाँ मूल्य आँउदा बढेर आएकोले नेपालमा पनि बढाएर बेच्नुपरेको बताएको छ । निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ ४१ पैसा र डिजेलमा ४ रुपैयाँ ९१ पैसा बढेर आएकोले नेपाली बजारमा पनि बढाएरै बेच्नुपरेको उल्लेख छ ।

बढेको मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १५७ रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु