सेयर बजारमा दोहोरो अंकको गिरावट, फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

कारोबारको सूरुदेखि नै आएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक १४.८३ अंकले घटेर परिसूचक २०३७.०९ बिन्दु कायम भएको छ ।

३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता सेयर ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । वित्त र उत्पादन तथा प्रशोधन समूहको उपसूचकमा गिरावट आएको छ । वित्त ८.३९, उत्पादन तथा प्रशोधन समूहको उपसूचक १.९९ अंकले बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।

कारोबारमा मुक्तिनाथ कृषि कम्पनी, मैलुङखोला जलविद्युत कम्पनी, न्यादी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस्तै गुमाउनेमा मनकामना स्मार्ट लघुवित्त, साधना लघुवित्त, मदांकिनी हाईड्रोपावर, माउन्टेन हाईड्रोका लगानीकर्ताले कमाएका छन् । कारोबारमा ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ ।


क्लिकमान्डु