रिडी पावर कम्पनीको अध्यक्षबाट बाहिरिए सञ्जिव न्यौपाने



काठमाडौं । रिडी पावर कम्पनीका अध्यक्ष सञ्जिव न्यौपानेले राजीनामा दिएका छन् ।

शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । न्यौपानेले कार्यव्यस्तताका कारण पदबाट राजीनामा दिएको जनाएका छन् ।

रिक्त अध्यक्षमा कुबेरमणि नेपाल नियुक्त भएका छन् । यस्तै कम्पनीको प्रबन्धक सञ्चालकमा सन्तोष अधिकारी नियुक्त भएका छन् ।


क्लिकमान्डु