कालिमाटी तरकारी बजारमा आज : काउलीको मूल्य बढ्यो, अन्य तरकारीको मूल्य कति ?



काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबार प्रतिकिलो ६६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको स्थानीय काउली र ७५ रुपैयाँमा बिक्री भएको ज्यापु काउलीको मूल्य आइतबार बढेको छ । आइतबार स्थानीय काउलीमा २९ रुपैयाँ र ज्यापु काउलीमा २० रुपैयाँ बढेको हो ।

आइतबार स्थानीय काउली ९५ र ज्यापु काउली ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।यस्तै लाम्चो भान्टा ३५, तने बोडी ४५, घिउ सिमी ६५, घिउ सिमी राजमा ११०, तिते करेला ४५, लौका ४५, परवर ३५, घिरौला ५५, बन्दा २७, गाजर ७५, पाकेको फर्सी ३५ र हरियो डल्लो फर्सी ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

कालिमाटी बजारले आइतबार सार्वजनिक गरेको मूल्य सूचीअनुसार स्थानीय ठूलो गोलभेडा ७५, स्थानीय सानो गोलभेडा १७.६७, टनेलको स्थाानीय सानो गोलभेडा २२.६७, रातो आलु ६१, मुढे रातो आलु ५१ र प्याज ९७.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

त्यस्तै भिण्डी ५५, स्कुस ५५, रायो साग ५५, तोरीको साग ३५, कन्ये च्याउ १३०, डल्ले च्याउ ३१६, राजा च्याउ २९०, ब्रोकाउली १३३.३३, भेडे खुर्सानी ४५, कटहर ४५, अकबरे खुर्सानी ३५०, अदुवा २७० र स्वदेशी लसुन २०५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु