ओलीलाई भेट्न अचानक बालकोट पुगे देउवा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको छ । शनिबार साँझ ओलीलाई भेट्न देउवा भक्तपुरको बालकोटस्थित ओलीको निवास पुगेका हुन् ।

नेपाली कांग्रेस र एमालेका कतिपय नेताहरुले संसद्‍का दुई ठूला दल मिलेर सरकार बनाउनुपर्ने अभिव्यक्ति दिइरहेका बेला प्रतिपक्षी दल कांग्रेसका सभापति देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

लामो समयपछि ‘वा टु वान’ भेटवार्ता गरेका दुई पूर्वप्रधानमन्त्रीको छलफल के विषयमा केन्द्रित थियो भन्नेबारे दुबै पार्टीले सार्वजनिक गरका छैनन् । यद्यपि संक्रमणकालीन न्यायको विषयमा दलहरुबीच सहमति गर्ने भनिए पनि उक्त मुद्दा निष्कर्षमा पुगेको छैन । यस मुद्दालाई सहमतिकै आधारमा टुंग्याउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग एमाले र कांग्रेसका शीर्ष नेताहरुले भेट्दै आएका छन् ।

यही सन्दर्भमा देउवा र ओलबीच भेटवार्ता भएको हो । तर प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति अचानक बालकोट पुगेको विषयलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् ।


क्लिकमान्डु