सिंगापुरमा बीवाईडीले सार्वजनिक गर्यो १०० किलोवाटको बीवाईडी सिल



काठमाडौं । विश्व प्रसिद्ध चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले इलेक्ट्रिक सेडान सिल सेगमेन्टमा नयाँ सेगमेन्ट डाइनामिक १०० सिंगापुरमा सार्वजनिक गरेको छ ।

पहिले सो गाडी डाइनामिक, प्रिमियम र पर्फमेन्स गरी तीन भेरिएन्टमा उपलब्ध रहेकोमा अब डाइनामिकलाई डाइनामिक १०० बनाइएको हो । पहिले सो भेरिएन्टमा १५० किलोवाटको मोटर रहेकोमा अब भने १०० किलोवाटको मोटर हुनेछ ।


सो मोटरले १३४ बीएचपी पावर प्रदान गर्नेछ, जुन पहिले भन्दा करिव ७७ बीएचपी कम हो । त्यसैगरी यसले शून्य देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन १० सेकेन्ड लगाउछ । पहिलेको मोडलले यही दुरी ७।५ सेकेन्डमा पार गर्न सक्छ । यद्यपि यसले टर्क भने पहिलेकै अर्थात ३१० एनएम नै जेनेरेट गर्छ । यसबाट कारको जिप्पी नेचरमा कुनै परिवर्तन नभएको थाहा पाउन सकिन्छ ।

सिल डाइनामिक १०० का अन्य फिचर भने पहिलेकै सिल डाइनामिक जस्तै छ । यसमा उही ११.४४ किलोवाट आवरको ब्याट्री छ, जसले ४०० किलोमिटरको रेन्ज दिन्छ । त्यसैगरी यसले फास्ट चार्जर पनि सपोर्ट गर्छ । ११० किलोवाट डीसी चार्जरले ब्याट्रीलाई ३२ मिनेटमै ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

त्यसैगरी बीवाईडी सिल डाइनामिक १०० मा १५.६ इन्चको रोटेटिङ इन्फोटेनमेन्ट टचस्क्रिनका साथै १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । आधुनिक कारमा हुने इलेक्ट्रोनिक एड्जस्टमेन्ट सहितका भेन्टिलेटेड फ्रन्ट सिट यसमा रहेका छन् ।

त्यसैगरी यसमा ड्राइभर असिस्टेन्स फिचर, ९ एयरब्याग सिस्टम, प्यानोरामिक सनरुफ जस्ता फिचर पनि छन् ।

सिंगापुरमा बीवाईडी सिल डाइनामिक १०० को मूल्य १ लाख ७० हजार डलर तोकिएको छ । सिंगापुरको डिलरले ‘बीवाईडी १०० आवर सेल’ अफर ल्याएर यो अवधिमा २० हजार डलर सम्म छुट र फाइदा पाउन सकिने अफर समेत ल्याएको छ ।

बीवाईडी सिल प्रिमियम सेडान मानिन्छ । नेपालमा पनि साइमेक्स इंकले बीवाईडी सिलका तीन भेरिएन्ट डाइनामिक, प्रिमियम र पर्फमेन्स बिक्रीका लागि उपलब्ध गराएको छ । १५० किलोवाट मोटर भएका यी भेरिएन्टको मूल्य क्रमशः करोड ५ लाख, १ करोड ३९ लाख र १ करोड ८५ लाख रुपैयाँ तोकिएको छ ।

नेपालमा जस्तै सिंगापुरमा पनि मोटर पावरका आधारमा कर निर्धारण गरिएको छ । कम्पनीले त्यही अनुसार मोटर पावर निर्धारण गरेर गाडी उत्पादन गरेको हो । यस अनुसार भविष्यमा नेपालमा समेत बीवाईडी सिल डाइनामिक १०० आउने अनुमान गर्न सकिन्छ ।


क्लिकमान्डु