स्याङ्जामा पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु



पोखरा । स्याङजामा पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु भएको छ। फेदीखोला गाउँपालिका–५ बाँगेकी ३१ वर्षीय दुर्गा जिटी र ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको हो।

गएराति साढे ११ बजे घरमाथिबाट खसेको पहिरोमा परेर दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

पहिरोले घरसँगै गोठ पनि पूर्णरूपमा क्षति भएको छ। गोठमा रहेको भैंसीसमेत मरेको छ।


क्लिकमान्डु