पहिलो राष्ट्रिय ई स्पोर्ट्समा अफिसियल डिभाइस पार्टनर बन्यो,’टेक्नो पोभा ६’



काठमाडौं । ई स्पोर्ट्स संघ नेपाल (इसान) ले आयोजना गर्ने प्रथम राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपका लागि ‘टेक्नो पोभा ६’ आधिकारिक उपकरण साझेदार (अफिसियल डिभाइस पार्टनर) बनेको छ ।

इसानले आगामी असार १४ र १५ मा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गर्ने च्याम्पियनसिपका लागि पोभा ६ आधिकारिक उपकरण साझेदार हुने भएको हो । पब्जी मोबाइल, मोबाइल लिजेन्ड्सः ब्यांङ्ग ब्याङ्ग (एमएलबीबी) र ई-फुटबल जस्ता खेलहरू खेलिने च्याम्पियनसिपको परस्कार राशि(प्राइज पुल) १२ लाख तोकिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार टेक्नो पोभा ६ का उपकरणहरू प्रयोग गरेर प्रतियोगितामा असार १४ गते अनलाइन प्रारम्भिक छनोट र असार १५ मा हुने सेमिफाइनल र फाइनल खेल भौतिक रुपमा सञ्चालन गरिनेछ।

टेक्नो पोभा-६ मा २५६ जिबी ROM का साथै २४ जिबी RAM सुपरमेमोरी, MediaTek Helio जी९९, ६०००mAh ब्याट्री साथै ७० वाट अल्ट्राचार्ज र १०८ MP डुअलरियर क्यामेरा रहेको कम्पनीले जनाएको छ ।

टेक्नो मोबाइल फोनको आधिकारिक राष्ट्रिय वितरक महालक्ष्मी मोबाइल्सले नेपालको पहिलो आधिकारिक गेमिङ फोनको रुपमा जुन १६ मा टेक्नो पोभा ६ सार्वजनिक गरेको थियो। यस अघि पनि टेक्नो स्पार्क २० प्रो प्लस को रिलिजले नेपालमा निकै लोकप्रियता पाएको थियो ।


क्लिकमान्डु