आकर्षक फिचरसहित हुन्डाइको इन्स्टर सार्वजनिक



काठमाडौं । हुन्डाईले आफ्नो अल न्यू इलेक्ट्रिक मोडल इन्स्टर सार्वजनिक गरेको छ । क्यास्पर एसयूभीमा आधारित यो नयाँ ईभी ब्रान्डको सबैभन्दा सानो र विश्वव्यापी रूपमा उपलब्ध हुने सबैभन्दा किफायती विद्युतीय गाडी हुने बताइएको छ ।

नयाँ ईभी ३८२५ एमएम लामो, १६१० एमएम चौडा र १५७५ एमएम अग्लो छ । साथै यसको ह्विलवेश २५८० र बुट स्पेस २८० लिटर छ ।

क्यास्परकै डिजाइन क्यूमा तयार पारिएको सो ईभीको हेडल्याम्प क्लस्टरको वरिपरि गोलाकार एलईडी डिआरएलएस र पिक्सेल–थीम्ड टर्न सिग्नल राखिएको छ । अगाडि एएएस सेन्सरहरू, चार्जिङ पोर्ट र हेडल्याम्प यूनिटको बीचमा क्यामेरा उपलब्ध छ ।

कारको ड्यासबोर्डमा १०.२५ इन्च लामो दुईवटा स्क्रिन राखिएको छ । जसले डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र टचस्क्रिन इन्फोटेन्मेन्टका रुपमा काम गर्नेछ । साथै यसमा अटो क्लाइमेट कन्ट्रोल, मल्टि–फंक्सन स्टेयरिङ ह्वील, भेन्टिलेटेड सिटहरू, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ र फुल एडास सुइट समावेश गरिएको छ ।

यो नयाँ ईभी ४२ किलोवाट आवर र ४९ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध हुनेछ । यसमा जडान गरिएको सिंगल मोटरले क्रमशः ९५ बिएचपी तथा ११३ बिएचपी पावर र १४७ एनएम टर्क जेनेरेट गर्छ । सिंगल चर्जमा ३५५ किलोमिटर रेन्ज दिने दाबी गरिएको हुन्डाई इन्स्टरलाई १२० किलोवाट क्षमताको डिसी चार्जरले ३० मिनेटमै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।


क्लिकमान्डु