भैरहवा अवतरण गर्न नसकेको बुद्ध एयरका यात्रुलाई अर्को जहाजमा पठाइयो




काठमाडौं । काठमाडौंबाट विशेष आर्थिक क्षेत्र (सेज)को अनुगमनमा निस्कएको एक टोली रहेको बुद्ध एयरको जहाज मौसमको खरावीले अवरण गर्न नसकेर फर्किएको छ । काठमाडौं भैरहवाको उडान संख्या ८५१बाट बुधबार बिहान ८ः२६ मा उडेको उक्त जहाज मौसम प्रतिकूलताका कारण भैरहवामा अवतरण गर्न नसकेपछि काठमाडौं फर्किएको थियो ।

उक्त जहाजका सबै यात्रुलाई अर्को जहाजमा राखेर पुनः पुनः १२ः२९ मा काठमाडौंबाट भैरहवा पठाइएको छ । उक्त जहाजले भैरहवामा १३ः०३ मा अवतरण समेत गरिसकेको छ

अनुगमन गर्न हिडेको योजना आयोगको टोली सवार उक्त जहाज अवतरण गर्न नसकेर भैरहवा विमानस्थलबाट फर्किएको थियो। आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुयाल नेतृत्वको टोली बुद्ध एयरको जहाज मार्फत भैरहवा गएका थिए ।

आयोगले विशेष आर्थिक क्षेत्र (सेज), बुटवल धागो कारखाना, धौवदी फलाम उद्योग लगायतको अनुगमन गरी शुक्रबार फर्कने योजना छ । जहाज अवतरण हुन नसकेपछि जहाजभित्र रुवावासी समेत चलेको थियो ।

आयोगको टोलीसँगै जहाजभित्र पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल समेत थिए । जहाज फर्किएपछि आयोग सदस्य डा. फुयाल फुयाल भने सिंहदरबारस्थित कार्यालयमा हाजिर हुनु आइपुगेका छन् ।


क्लिकमान्डु