न्युरोडका पसल बन्द गरेर सुन चाँदी व्यवसायी आन्दोलित, पुरानै भन्सार दर काम गर्न माग



काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रमा सञ्चालित सुन चाँदी पसल बन्द गरेर व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

भन्सार दर वृद्धि गरिएको, अवैध मार्गबाट आएको सुन चाँदीलाई रोक्नु पर्ने लगायका माग गर्दै व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

बुधबार नेपाल राष्ट्रिय सुन चाँदी व्यावसायी मञ्च केन्द्रीय कार्यालयले न्यूरोड क्षेत्रमा प्रदर्शन गरेको हो ।

व्यवसायीहरुले सरकारले भन्सार दर १५ % बाट २० % वृद्धि गरेको, सुनचाँदी सम्बन्धी ऐन नियम, निर्देशिका हालसम्म प्रकाशन नगरेको, सुनलाई विलासी वस्तुमा राखिएको भन्दै उनीहरुले प्लेकार्ड प्रदर्शन गरेका छन् । व्यवसायीले २% विलासिता कर खारेज गर्न माग गरेका छन् ।

उनीहरुले व्यवसायीलाई नि:संकोच व्यवसाय गर्ने वातावरण सृजना गर्न माग गरे । व्यवसायीले सुन अनुत्पादक र विलासिताको बस्तु नभएको भन्दै काँचो सुन खरीद गर्न पाउने नीतिगत व्यवस्थाको माग गरेका छन् ।


क्लिकमान्डु