
काठमाडौं । पशुपति रिन्युएबल्स लिमिटेडले १५ मेगावाटको सोलार आयोजना निर्माण गर्ने भएको छ ।
कम्पनीले कपिलवस्तुको शिवराज नगरपालिका-६ मा धरमनगर सोलार फार्म-दोस्रो निर्माण गर्न लागेको हो ।
विद्युत विकास विभागले सोलार परियोजना निर्माण स्वीकृति दिने तयारी गरिरहेको छ । विभागले अनुमति दिनु अघि सोलार फार्म निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय प्रतिक्रिया दिन आग्रह गरेको छ । विभागले अनुमति दिएपछि कम्पनीको परियोजनाको काम थाल्ने तयारी गरेको छ ।
१५ मेगावाटको यो सोलार परियोजनाले वार्षिक सरदर ३०.२ गिगावाट घण्टा विद्युत उत्पादन गर्छ । परियोजना शिवराज नगरपालिका-६ मा करिब १७ हेक्टर जग्गामा बन्नेछ ।
आयोजनाका सोलार फोटोभोल्टाइक प्यानलहरुबाट डीसी विद्युत निकाली २०० किलोवाट क्षमताकाम ७५ वटा स्ट्रिङ इन्भर्टरमार्फत १५ मेगावाट विद्युत उत्पादन गरिनेछ । यसरी उत्पादित विद्युतलाई ३३ केभी प्रसारणलाइन मार्फत नेपाल विद्युत् प्राधिकरणको शिवपुर सबस्टेसनमा जोडिनेछ ।
यो आयोजना २०८१ चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
प्रतिक्रिया