भक्तपुरमा यस्तो बन्यो हेलिपोर्ट (तस्बिरहरू)



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा हेलिपोर्ट सञ्चालनमा ल्याएको छ । साढे २ वर्ष लगाएर बनाएको हेलिपोर्ट शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले शुभारम्भ गरेका थिए ।

अब काठमाडौंबाट विस्तारै सबै हेलिकप्टर नलिन्चोक जाने छन् । तत्कालका लागि हरेक कम्पनीको कम्तिमा एउटा हेलिकप्टर नलिन्चोकमा रात्री विसान गर्न अनिवार्य जानुपर्ने भएको छ ।

भक्तपुरमा हेलिप्याड बनेपछि काठमाडौं विमास्थलको चाप कम गर्न सहयोग पुग्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे २ वर्ष लगाएर हेलिप्याड बनाएको हो । उक्त हेलिप्याडको लागि प्राधिकरणले १५ करोड रुपैयाँको बजेट विनियोजन गरेको भएपनि साढे ११ करोडमै हेलिपोर्ट बनेको हो ।

हेलिप्याड वा हेलिपोर्टलाई भर्टिपोर्ट पनि भनिन्छ । हेलिपोर्ट स–साना बिमानस्थल हुन् जहाँ हेलिकोप्टर जस्तै भर्टिकल रूपमा लिफ्ट हुने एयरक्राफ्ट उडान अबतरण गर्छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेलिप्याडमा हाल क्षमताभन्दा बढी हेलिकोप्टर पुगिसकेकोले पनि प्राधिकरणले भक्तपुर स्थानान्तरण गरेको हो । हाल हेलिप्याड भएको भित्रुवन विमानस्थलको क्षेत्रमा भने अब आन्तरिक वायुसेवा नेपाल एयरलाइन्स, श्री एयरलाइन्स र यति एयरलाइन्सले जहाजको मर्मत संभारसहितको ह्यांगर बनाउने भएका छन् । यी तीनवटै वायुसेवाको लागि ह्यांगर बनाउने गरी उपयुक्त स्थाना प्राधिकरणले तय गरिसकेको छ ।

तस्बिरमा हेरौं, नलिञ्चोकको हेलिपोर्टः


क्लिकमान्डु