देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ तर प्रचण्ड जादुगर बन्न लाग्नुभयोः रमेश लेखक



काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले अस्थिरताको चुनौति कायम रहेको बताए । प्रधानमन्त्री दाहालले आफ्नो दलको संख्या संख्या नभएर जादु रहेको बताएको भन्दै देशलाई राम्रो प्रधानमन्त्री चाहिएको तर प्रधानमन्त्री राम्रो जादुगर भएर आएको टिप्पणी गरे ।

उनले विडम्वनापूर्ण अवस्थामा नेपाली नागरिकहरु बाँच्नु परिरहेको बताए ।

लेखकले अहिले पनि धेरै चुनौतिहरु नेपाली नागरिकले व्यहोर्नु परिरहेको बताउँदै मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आवश्यकता भएको उल्लेख गरे ।


क्लिकमान्डु