यस्ता छन् एलन मस्कका ८ वटा कार, जुन टेस्ला हैनन्
एजेन्सी । टेस्लाका मालिक एलन मस्क सबैभन्दा छोटो समयमा इलेक्ट्रिक कार कम्पनी स्थापना गरेकामा विश्वभर चर्चित छन् । यससँगै उनी हरेक व्यवसायमा सफल उद्यमीको रुपमा पनि चिनिन्छन् । टेस्ला विश्वभर यति धेरै लोकप्रिय छ कि, आज मस्क भन्नु नै टेस्ला र टेस्ला भन्नु नै मस्क भनेर चिनिन्छन् ।
तर सबैभन्दा छिटो इलेक्ट्रिक कार उत्पादन गर्ने कम्पनीका मालिक मस्कले प्रयोग गर्ने कारहरुको बारेमा रोचक प्रसंग सार्वजनिक हुने गरेका छन् । मस्कले टेस्लाबाहेक पनि अन्य यस्ता ८ वटा कार चढ्छन्, जुन टेस्ला हैनन् ।
बीएमडब्लु ३२०i
यो कार एलन मस्कको पहिलो कार हो । जुन उनले १९९४ मा खरिद गरेका थिए । मस्क चढ्ने कार E२१ ३२i बीएमडब्लुको ३ सिरिज लाइनअप हो । जुन अहिले पनि विश्वभर लोकप्रिय छ र बिक्री भइरहन्छ । र यो कार इन्धन इन्जेक्सनको उपयोग गर्ने पहिलो बीएमडब्लुमध्ये एक थियो । यसको २.० लिटर इनलाइन चार इन्जिन ११० एचपी उत्पादन गर्थ्यो । मस्कले यसलाई कर्पोरेट कारको रुपमा प्रयोग गर्थे । जवकि एक व्यक्तिले परीक्षण ड्राइभिङको क्रममा यो कार चलाउँदा एउटा टायर बिग्रिएको थियो । त्यसपछि मस्कले उक्त कार नै बिक्री गरेका थिए ।
पोर्स ९११ टर्बो
एलन मस्क यो मोडलको कार असाध्यै मन पराउँथे । भनिन्छ यही कार मन पराउनाले अन्तत: मस्कले टेस्ला बनाएका थिए । मस्कले सुरुमा इन्जिनियरलाई यही पोर्स ९११ मा लिथियमआयन ब्याट्री जडान गर्न आग्रह गरेका थिए । तर इन्जिनियर एलन कोकेनीले उकनको प्रस्ताव अस्विकार गर्दै टेस्ला नामको स्टार्टअप सुरु गर्न सुझाव दिएका थिए ।
जुन पछि ऐतिहासिक उद्योगको रुपमा स्थापित भयो । मस्कको निजी कार ९९७ एरा ९११ टर्बो हो । जुन कार अहिले उनी चलाउँछन् कि चलाउँदैनन् भन्ने बारे अहिले केही जानकारी बाहिर आएको छैन ।
जगुअर ई-टाइप रोडस्टर
यो मोडलको कार भने मस्कको बाल्यकालको ड्रिम कार थियो । यो सुन्दर कार उनका लागि विशेष पनि थियो । यस कारलाई कतिपय एक्सपर्टहरुले विश्वकै सुन्दर कार भएको भन्दै प्रसंसा गरेका छन् । एलन मस्कले पनि ४.२ लिटर ट इन्जिनसहितको यो कार प्रयोग गर्थे ।
म्याकलरेन एफ १
म्याक लरेन एफ १ ले आज पनि विश्वभर सबैभन्दा फास्टेस्ट नेचुरल्ली एस्पिरेटेड कारको रेकर्ड राखेको छ । अर्थात् यसमा यति शक्तिशाली इन्जिन हुन्छ कि जसलाई टर्बो वा सुपरचार्जरको सहायता नै पर्दैन ।
थ्री सिटर लेआउटमा रहेको यो कारलाई युनिक मोडलको कार पनि मानिन्छ । तर मस्कले पहिले चलाउने गरेको यो कार दुर्घटना भएको थियो । र पछि यसलाई उनले बिक्री गरिदिए ।
लोटस इस्पिरिट
एलन मस्कले २०१३ मा ‘वेट नेली’ खरिद गरेका थिए । जुन कारलाई जेम्स बन्डको फिल्म ‘द स्पाइ हु लभ्ड मी’ मा कस्टमको रुपमा प्रयोग गरिएको थियो । उक्त फिल्ममा प्रयोग भएको यो कारलाई पछि पन्डुबीको रुपमा प्रयोग गरिएको थियो ।
फोर्ड मोडेल T
फोर्ड मोडेल T लाई टिन लिजीको रुपमा पनि चिनिन्छ । जुन आम रुपमा बिक्रीका लागि तयार पारिएको विश्वकै पहिलो कार थियो । हेनरी फोर्डले अटोमोटिभ उत्पादन लाइ ब्यापक माग पूरा गर्नका लागि ठूलो मात्रामा यसको उत्पादन गरेका थिए ।
यही मोडलको कार नै आम मानिसले निजी कारको रुपमा पहिलो पटक प्रयोग गर्न थालेको कार थियो । र आधुनिक कार उद्योगको रुपमा यही कार पहिलो पटक उत्पादन हुन थालेको थियो । मस्कले ट्विट गर्दै आफूलाई यो कार साथीले उपहार दिएको भन्दै सार्वजनिक गरेका थिए ।
अउडी क्यु ७
मस्कले प्रारम्भिक दिनहरुमा यो कारबारे नकारात्मक धारणा राख्थे । यसको विपक्षमा टिप्पणी गर्थे । अउडी एक अप्ठेरो र भयानक कार भएको भन्दै पहिले उनी नकारात्मक टिप्पणी गर्थे । पछाडिको सिटमा छुन अप्ठेरो भएकै कारण त्यसबाट प्रभावित भएर मस्कले टेस्लाको फाल्कन विङ डोर सिर्जना गरेको पनि बताइन्छ । अचेल भने उनको साथमा यो कार छैन ।
बीएमडब्लु एम५
यो मोडलको कार पहिले नै ५.० लिटर भी१० इन्जिनको साथमा थियो । यसलाई बीएमडब्लु ट्युनिङ कम्पनी हमानले तयार पारेको थियो । यसका लागि गति अवरोध हटाएपछि २०० प्रतिघन्टा भन्दा माथिको स्पिड र ६०० हर्सपावरमा सिर्जना गरिएको थियो । यसैको प्रेरणाबाट टेस्लाको प्रसिद्ध लुडीक्रस मोड तयार पारिएको बताइन्छ । मस्कले अहिले यो कार पनि प्रयोग गर्दैनन्।
मस्कसँग टेस्लाका कार त नहुने कुरै भएन । उनी अहिले टेस्ला रोडस्टर छ । जुन टेस्लाको बिक्रीमा राखिएको पहिलो मोडल थियो । यो विशेष मोडेल, २.५ स्पोर्ट्स सबैभन्दा शक्तिशाली भर्सन थियो । जुन २०१८ मा सार्वजनिक भएको थियो । र अन्तरिक्षमा लन्च गरिएको थियो ।