‘इन्फिनिक्स जीटी-२० प्रो’ अत्याधुनिक गेमिङ प्रविधिसहित नेपाली बजारमा



काठमाडौं । मोबाइल इनोभेसनलाई पुनःपरिभाषित गर्ने प्रतिष्ठित ब्रान्ड इन्फिनिक्सले आफ्नो प्रतिक्षित स्मार्टफोन जीटी-२० प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । १२+२५६ जीबीसहित यसको मूल्य ४७ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

ग्राहकले नजिकैको मोबाइल आउटलेटहरू वा अनलाइनमा दराजमार्फत् पनि खरिद गर्न सक्नेछन् । युरोप, मध्यपूर्व, अफ्रिका, मध्य र दक्षिण एशिया क्षेत्रहरूमा प्रतिष्ठित पबजी मोबाइल सुपर लिगको आधिकारिक गेमिङ फोनको रूपमा इन्फिनिक्सले मोबाइल गेमरहरूलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्न आवश्यक उपकरणहरू उपलब्ध गराएको छ ।

जीटी-२० प्रोमा नेपालको पहिलो मिडिया टेक डाइमेन्सिटी ८२०० प्रोसेसर छ । जुन 4nm ओक्टा कोरको साथमा आउँछ । साथै यसले उच्च प्रदर्शन र ऊर्जा दक्षता प्रदान गर्ने पनि बताइन्छ । यस्तै यसको AnTuTu स्कोर ९५०K+ भन्दा बढी हुन्छ। १२ जीबी LPDDR5X र्‍याम र यूएफएस ३.१ साथै २५६ जीबी स्टोरेजको साथ ग्राहकलाई बिना रोकतोक मल्टीटास्किङ र द्रुत एप लोडिङको अनुभव यसमा पाइन्छ ।

१२० एफपीएसमा असाधारण स्मूदनेस र प्रतिक्रिया (Responsiveness)

इन्फिनिक्स जीटी-२० प्रोले पबजी मोबाइलमा १२० एफपीएस सपोर्ट गर्छ । जसले हरेक सेकेन्डमा १२० फ्रेमहरू प्रदर्शन गर्न सक्छ। यो १४४Hz उच्च रिफ्रेस दर र१२० एफपीएसले गेमिङ अनुभवलाई थप जीवन्त बनाउँछ। १२० एफपीएस ६० एफपीएसभन्दा छिटो छ । जसले स्मूद र तरल ग्राफिक्स सुनिश्चित गर्छ ।

साइबर मेका डिजाइन २.०

जीटी-२० प्रो स्मार्टफोन “आउटप्लेइङ द रेस्ट” थिममा डिजाइन गरिएको हो। “साइबर मेका डिजाइन २.०” अवधारणाबाट प्रेरित मोबाइलमा रेखाहरू, सूचनाहरूका लागि मेका लूप लाइटिङ र मेका बनावट देखिन्छ । यो मेका ब्लु, मेका ओरेन्ज र मेका सिल्भर कलरहरुमा पनि उपलब्ध छ ।

समर्पित गेमिङ डिस्प्ले चिप

इन्फिनिक्सले पिक्सेलवर्क्ससँग साझेदारी गरेर X5 टर्बो गेमिङ डिस्प्ले चिप पनि समावेश गरेको छ । जसले पबजी मोबाइलका लागि ९०एफपीएस र १२०एफपीएस सपोर्ट, सुधारिएको रिजोल्युसन, सधैं-चालु HDR, र कम-सुस्तता MEMC प्रविधि जस्ता सुविधाहरू प्रदान गर्छ । साथै यसले बिना लग वा स्टटर उत्कृष्ट गेमिङ अनुभव सुनिश्चित गर्छ ।

उन्नत गेमिङ प्रविधि
जीटी-२० प्रोले स्थिर फ्रेम दर इन्जिन, बाइपास चार्जिङ र ४५W सुरक्षित चार्जिङ सहित ५,०००mAh ब्याट्री जस्ता अत्याधुनिक प्रविधिहरू समावेश गर्छ। इन्फिनिक्सको VC च्याम्बर कूलिङ प्रविधिले तीव्र गेमिङ सत्रहरूमा थर्मल व्यवस्थापन पनि सुनिश्चित गर्छ।

ब्लोट-रहित सफ्टवेयर अनुभव

जी २० प्रो एन्ड्रोइड १४ आधारित XOS 14 मा चल्छ । जसले न्यूनतम पूर्व-स्थापित एपहरू, तीन वर्षको सुरक्षा प्याच अपडेटहरू र दुई एन्ड्रोइड अपग्रेडहरू प्रदान गर्छ ।

व्यावसायिक-ग्रेड क्यामेरा प्रणाली
जीटी २० प्रोमा १०८MP ओआईएस मुख्य सेन्सर, २MP टेलिफोटो लेन्स, र २MP म्याक्रो लेन्ससहितको क्वाड-क्यामेरा सेटअप छ । ३२MP फ्रन्ट क्यामेराले स्पष्ट र विस्तृत सेल्फीहरू र उच्च-गुणस्तरीय भिडियो कल गर्न सजिलो बनाउँछ ।

वारेन्टी

इन्फिनिक्स मोबाइलले १५ महिना वारेन्टी प्रदान गर्छ। इन्फिनिक्स मोबिलिटी एक द्रूत गतिमा उदीयमान प्रविधि ब्रान्ड हो । जसले स्मार्ट उपकरणहरूको विस्तार भइरहेको पोर्टफोलियो डिजाइन, निर्माण र बजारमा ल्याउँछ। २०१३ मा स्थापित इन्फिनिक्सले आजका युवालाई लक्षित गर्दै शक्तिशाली र सुलभ मूल्यका स्मार्ट उपकरणहरू सिर्जना गर्छ । जसले संसारभरका प्रयोगकर्ताहरूलाई तिनीहरूले चाहेको बेला नवीनतम प्रविधि पुर्‍याउँछ ।


क्लिकमान्डु