६ महिनामै ३ खर्बले बढ्यो वैदेशिक सम्पत्ति
काठमाडौं । देशको कुल वैदेशिक सम्पत्ति ६ महिनामै ३ खर्ब रुपैयाँले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार २०८० असार मसान्तमा १४ खर्ब ३६ अर्ब ५६ करोड रुपैयाँ रहेको वैदेशिक सम्पत्ति पुस मसान्तमा १७ खर्ब ३७ अर्ब ५३ अर्ब पुगेको हो ।
नेपाल राष्ट्र बैंकले गरेको वित्तीय क्षेत्र सर्वेक्षणअनुसार वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २०८० असार मसान्तमा १४ खर्ब ४७ अर्ब ६ करोड रुपैयाँ रहेकोमा १७ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।
असार मसान्तको तुलनामा ६.६ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा १५४४ अर्ब ९९ करोड पुगेको छ यस्तो सम्पत्ति पुस मसान्तमा १९.५ प्रतिशतले वृद्धि भएको हो ।
यसैगरी अन्य वित्तीय संस्थाको खुद वैदेशिक सम्पत्ति २०८० असार मसान्तमा १० अर्ब ५० करोडले ऋणात्मक रहेकोमा २०८० असोज मसान्तमा १७ अर्ब ८ करोडले ऋणात्मक रहेको छ भने २०८० पुस मसान्तमा १ अर्ब ३१ करोडले ऋणात्मक रहेको छ ।
वित्तीय क्षेत्रको आन्तरिक दाबी २०८० असार मसान्तमा ६८ खर्ब ४० अर्ब ६८ करोड रहेकोमा पुस मसान्तमा वृद्धि भई ६९४३ अर्ब ९ करोड पुगेको छ । यता वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दाबी २०८० असार मसान्तमा १० खर्ब २४ अर्ब ९५ करोड रहेकोमा पुस मसान्तमा घटेर ९४० अर्ब ३४ करोड काय भएको छ ।
वित्तीय क्षेत्रको सार्वजनिक गैर–वित्तीय संस्थान माथिको दाबी २०८० असार मसान्तमा ३६ अर्ब ७६ करोड रहेकोमा पुस मसान्तमा सामान्य बढेर ३६ अर्ब ८३ करोड पुगेको छ । यता वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २०८० असार मसान्तमा ५७ खर्ब ७८ अर्ब ९७ करोड रहेकोमा पुस मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई ५९ खर्ब ६५ अर्ब ९२ करोड रहेको छ ।
वित्तीय क्षेत्रको तरल दायित्व ५७ खर्ब ४९ अर्ब ३६ करोड रहेको छ ।
वित्तीय क्षेत्रभन्दा बाहिर चलनचल्तीमा रहेको मुद्रा २०८० असार मसान्तमा ५ खर्ब १२ अर्ब ५१ करोड रहेकोमा २०८० पुस मसान्तमा ३.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ९९ करोड रहेको छ ।
२०८० असार मसान्तमा ४ खर्ब ११ अर्ब ३ करोड रहेको वित्तीय क्षेत्रको माग निक्षेप दायित्व ७.० प्रतिशतले घट्न गई ३ खर्ब ८२ अर्ब ३० करोड पुगेको छ । यसैगरी वित्तीय क्षेत्रको अन्य निक्षेप दायित्व ४८ खर्ब ३६ अर्ब ७ करोड कायम भएको छ ।
यसैगरी अन्य वित्तीय संस्थाको आन्तरिक दाबी १८ खर्ब ८६ अर्ब ८५ करोड, नेपाल सरकारमाथिको खुद दाबी १३ अर्ब ४३ करोड, सार्वजनिक गैर–वित्तीय संस्थान माथिको दाबी ३३ अर्ब १४ करोड, निजी क्षेत्रमाथिको दाबी ८ खर्ब ४० अर्ब ३७ करोड, केन्द्रीय बैंक र निक्षेप परिचालन गर्ने बैंक तथा वित्तीय संस्था माथिको दाबी (नगद, माग तथा अन्य निक्षेप र अन्य लगानी लगायतका दाबीसमेत) ९ खर्ब ९९ अर्ब ९१ करोड, गैर–तरल दायित्व १५ खर्ब ७ अर्ब पुगेको छ ।