क्या गज्जब चेरी ०३टी आईकार ! एप्पल कि ल्यान्डरोभर डिफेन्डर ?



काठमाडौं । चिनियाँ कार निर्माता कम्पनी चेरीले आईकार ०३ को नयाँ भर्सन सार्वजनिक गरेको छ । चेरीले उत्पादन गर्ने आईकारको ०३टी नामक मोडल बेइजिङ अटो शोमा प्रस्तुत भएको हो । त्यसयता कारले लुक्सका कारण चर्चा कमाइरहेको छ।

यो विद्युतीय कार हो । आईकार ०३ को अद्यावधिक संस्करणका रुपमा रहेको ०३टी पहिलेको भन्दा बढी मोटो र अग्लो देखिन्छ ।

०३ अघिल्लो वर्षमात्र सार्वजनिक भएको थियो । आई नामबाट सुरु हुने विद्युतीय सामाग्री चर्चित अमेरिकी कम्पनीले एप्पलले निर्माण गर्छ । एप्पलले आईकार बनाउने चर्चा दशकअघि चलेको थियो । तर, चेरीले आईबाट नाम सुरु हुने कार बनाएपछि विश्व बजारमा यो कारको चर्चा भएको थियो ।

पुरानो संस्करणको नामका पछाडि थपिएको टीको अर्थ अहिलेसम्म कम्पनीले खुलाएको छैन । पेट्रोलियम कार भएको भएको टीको अर्थ टर्बो हुने तर्क गर्दै जानकारले ‘टेरेन’ हुनसक्ने अनुमान लगाएका छन् । कम्पनीले भने यसबारे केही बोलेको छैन ।

आईकार ०३टी अल इलेक्ट्रिक एसयूभी हो ।

नयाँ आईकारको ग्राउन्ड क्लियरेन्स १५ मिलिमिटर बढी छ भने ह्विलबेस २७१५ मिमि छ ।

कारको बम्परमात्र ठूलो बनेको नभएर चक्काको आर्क पनि ११ मिमि ठूलो छ ।

यससँगै ग्राउन्ड क्लियरेन्स २०० मिमि भएको छ भने एप्रोच, डिपार्चर र पासिङ एंगल क्रमशः २८, ३१ र २० डिग्रि कायम भएको छ ।

यसैगरी पछाडिको बम्पर नयाँ अफरोड स्टाइलमा तयार पारिएको छ ।

कारमा हुट पनि दिइएको छ भने इन्टेरियरमा पनि उल्लेख्य स्तरोन्नती गरिएको छ ।

कार एकल र दोहोर मोटर संस्करणमा बजारमा उपलब्ध छ । १३५ किलोवाटको सिंगल मोटर भएको संस्करणले २२० एनएम टर्क पैदा गर्छ । यसैगरी अलह्विल ड्राइभ अप्सनको डबल मोटर भर्सनमा अगाडिको एक्सलमा ७० किलोवाटको मोटर थपिएको छ । अतिरिक्त मोटरले १६५ एनएम टर्क पैदा गर्छ ।

चेरीको दाबीअनुसार एक फुल चार्जले ५०० किलोमिटर रेन्ज दिन्छ ।

कारले ०–१०० किमिप्रतिघण्टा गति ६.५ सेकेन्डमा तय गर्न सक्छ ।

आईकार ०३ अर्का कारणले पनि प्रशिद्ध छ, त्यो हो ल्यान्डरोभर डिफेन्डर जस्तै देखिनु ।


क्लिकमान्डु