कृषि अनुसन्धानका लागि एफएओको सहयोग



काठमाडौं । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि सङ्गठन (एफएओ) र नेपालको कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री तथा कृषि तथा वनविज्ञान विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा भुटान र नेपालका लागि एफएओ प्रतिनिधि केन सिमिजु र कृषि तथा वनविज्ञान विश्वविद्यालय(एएफयू) का उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

यो समझदारी अनुसार सम्बन्धित संस्थाहरूको विशेषज्ञता, ज्ञान, सञ्जाल र स्रोतहरूलाई कृषि उत्पादकत्व वृद्धि गर्न, किसान र कृषक समुदायको उत्थान गर्न, कृषि अनुसन्धान, कृषिमा जलवायु कार्यलाई सम्बोधन गर्न र नेपालमा कृषि खाद्य प्रणाली रूपान्तरण र खाद्य सुरक्षा र पोषणमा योगदान पु¥याउने खालको कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ ।


क्लिकमान्डु