असार ५ देखि एक्सपेरिएन्स टोयोटा, टेस्ट ड्राइभमा आकर्षक पुरस्कार



काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले असार ५ देखि असार ७ गते सम्म आनन्दनगर, धुम्बाराहीस्थित टोयोटा शोरुममा एक्सपेरियन्स टोयोटा नामक कार्यक्रम आयोजना गर्दैछ ।

२०८१ लाई विशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री  इन्सुरेन्स, बैंकिङ सुविधा (१२ वर्ष सम्म), सडक कर, विभिन्न  उपहारहरु समेत पाउने बताइएको छ ।

टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकलाई यस कम्पनीले दिने विभिन्न सुविधाबारे जानकारी गराईनेछ । यस उत्सवमा ग्राहकलाई सहजीकरण गर्न गरिमा विकास बैंक र अन्य विभिन्न बैंकसँग बैंकिङ फाईनान्सको पनि व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु