कोका-कोलाको ‘सक्षम: एक्सेलरेटर र मेन्टरसीप’ घोषणा



काठमाडौं । कोका-कोला नेपालले देशभरका महिला उद्यमीहरूलाई सशक्तिकरण गर्न ‘सक्षम: एक्सेलरेटर र मेन्टरसीप कार्यक्रम’ घोषणा गरेको छ । कोका-कोलाले २०२२ को मार्चमा घोषणा गरेको यस कार्यक्रमलाई फेरि दोस्रो चरणको रुपमा घोषणा गरेको हो ।

पहिलो चरणको कार्यक्रमबाट देशभर २ हजारभन्दा धेरै महिला उद्यमीहरुले आफ्नो व्यावसायमा सीप र तालिम प्राप्त गरेका थिए । कोकाकोला नेपालकी निर्देशक चन्द्रिका कालियाले दोस्रो चरणको यस कार्यक्रममार्फत् आफ्नो यात्रा निरन्तर अगाडि बढाउन पाएकोमा गौरव महसुस गरेको प्रतिक्रिया दिएकी छन् । साथै यस कार्यक्रमले महिलाहरुलाई उद्यमी बनाएको पनि उनको भनाइ छ ।

‘यसबाट हामी अन्वेषण दिगोपन र समावेशिता सिर्जना गर्नेमा विश्वास गर्छौं,’ चन्द्रिकाले भनेकी छन्, ‘ सक्षम जस्तो प्रयासबाट उद्यमी बनाउने मात्रै नभएर देशको आर्थिक सामाजिक विकासमा योगदान पुर्‍याउने हाम्रो लक्ष्य हो । साथै आफ्नो समुदाय र उद्योगको क्षेत्रमा महिलाहरुको रुपान्तरकारी प्रभाव देख्नका लागि हामी उत्साही छौं ।’

यसका कार्यक्रमका लागि समीक्षा र छनोट चरणपछि २०२४ को अन्त्यमा अभिमुखीकरण कार्यक्रम गरिएको थियो । दुई चरणमा विभाजन गरी डिजाइन गरिएको यस कार्यक्रमले लैंगिक अधिकार, नेतृत्व विकास, जलवायु परिवर्तन, कानुनी प्रक्रिया र वित्तीय लगायतका विविध विषय समेट्ने बताइएको छ ।

यस पटक कृषि, हाइड्रोपोनिक्स, मानसिक स्वास्थ्य, सांस्कृतिक सम्पदा प्रवर्द्धन, प्रविधि लगायत क्षेत्रको प्रतिनिधित्व गर्ने ४० भन्दा बढी आवेदकहरूबाट छनोट गरिएका १० महिलाहरूलाई कार्यक्रमले समेटेको छ ।

यस्तै सक्षम एक्सेलेटर र मेन्टरसीप कार्यक्रमका फाइनलिस्टहरुमा अर्चना श्रेष्ठ, इन्दु श्रेष्ठ, लुनिभा शाक्य, प्रतिमा बस्याल, रचना पौडेल, रोजी महर्जन, सबिना चौधरी, सुस्मिता पौडेल, श्रेया मल्ल र श्रेया चोछे रहेका छन् । उनीहरुले मेन्टर र सल्लाहकारहरुको सहायतामा आफ्ना नवीन विचारलाई प्रभावकारी उद्यममा रूपान्तरण गर्नेछन् ।


क्लिकमान्डु