सेयर बजारबाट ११ महिनामा राज्यले पायो ४ अर्ब ८५ करोड पुँजीगत लाभकर, कुन महिना कति ?



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्ममा सरकारले सेयर कारोबारबाट ४ अर्ब ८५ करोड ७२ लाख ९३ हजार रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ ।

सिडिएससीका अनुसार बजारमा देखिएको उतार चढाबका बिच राज्यले सेयर बजारबाट ४ अर्ब ८५ करोड ७२ लाख ९३ हजार रुपैयाँ पाएको छ ।

सिडिएससीका अनुसार सबैभन्दा बढी पुँजीगत लाभकर माघ महिनामा उठेको छ । माघमा ९७ करोड २० लाख ३ हजार रुपैयाँ पाएको छ ।

यस्तै पुस महिनामा ७४ करोड ३९ लाख १३ हजार, जेठ महिनामा ७० करोड ४२ लाख ५२ हजार, चैत महिनामा ४८ करोड ३४ लाख ३९ हजार रुपैयाँ रहेको रहेको थियो ।

यस्तै फागुनमा ४४ करोड ९ लाख २२ हजार, साउनका ४० करोड ८ लाख ९१ हजार, वैशाखमा ३६ करोड २७ लाख ४२ हजार, मंसिर महिनामा ३० करोड ५३ लाख २४ हजार, असोजमा २१ करोड ९५ लाख ७९ हजार, भदौमा १४ करोड ६९ हजार र कात्तिक महिनामा ८ करोड ४१ लाख ५४ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ ।

सेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।

सेयर बजारमा आइरहने उतारचढावका कारण पुँजीगत लाभकरमा असर पर्नेगर्छ । बजार घट्दा पुँजीगत लाभकर कम उठने र बढ्दा बढी उठ्ने गर्छ ।

विगतका वर्षहरुमा बजारमैत्री नीतिका कारण धेरै कारोबार हुँदा धितोपत्र बजारबाट सरकारले पुँजीगत लाभकर बढी उठने गरेको थियो । पछिल्लो समय विभिन्न निकायबाट नीतिमा कडाइ गरिँदा त्यसको असर बजार र लगानीकर्ता दुवैमा परेको लगानीकर्ताको बुझाइ छ ।


क्लिकमान्डु