बंगलादेशविरूद्ध नेपालको इनिङ संकटमा, ओपनरहरू सस्तैमा आउट



काठमाडौं । आईसीसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गतको खेलमा नेपालको इनिङ धरापमा परेको छ । बंगलादेशविरुद्धको अन्तिम खेलमा १०७ रनको लक्ष्य पछ्याएको नेपालले निरन्तर विकेट गुमाएको हो ।

नेपाल ब्याट्सम्यानहरु बंगलादेशी बलरविरुद्ध खुलेर खेल्न सकेका छैनन् । नेपालका लागि आशिफ शेखबाहे अन्य ब्याट्सम्यानले रन बनाउन सकेनन् । अलिल साह शुन्यमा आउट हुँदा कुशल भुर्तेलले ४ रन तथा कप्तान रोहित पौडेल र सन्दीप जोराले १–१ रन बनाए ।

बंगलादेशका लागि तन्जिम शकिबले ४ विकेट लिए ।

१२ रनमा नेपालले ५ विकेट गुमाउँदै ५० रन पुरा गरेको छ । जित्नका लागि नेपाललाई ४८ बलमा ५७ रन चाहिएको छ ।

यसअघि नेपालले बङ्गलादेशलाई एक सय ६ रनमा अलआउट गरेको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भेल रङ्गशालामा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै एक सय ६ रनमा समेटियो ।

यससँगै नेपालले नयाँ इतिहास रच्नको लागि एक सय सात रनको लक्ष्य पाएको हो । नेपालले हालसम्म टेस्ट टोलीलाई अहिलेसम्म हराउन सकेको छैन । खेलमा बङ्गलादेशका लागि सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे । महमुदूल्लाह रियादले १३ बलमा दुई चौकाको सहायताले समान १३ रन नै जोडे ।

यसैगरी तक्किन अहमद र जाकेर अलीले समान १२ ÷१२ रन जोडे भने लिटन दासले १० रन बनाए । तोव्हीद ह्रिदोयले ९, कप्तान नाज्मुल हसन सान्टाले चार तथा तान्जिम हसन सकिब र मुस्तब फिजुर रहमानले समान ३÷३ रन बनाए ।

बङ्गलादेशलाई सस्तैमा समेट्नेक्रममा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई दुई विकेट लिए ।


क्लिकमान्डु