बालमन्दिर जग्गा प्रकरण: पूर्वमहासचिव गणेशभक्त श्रेष्ठ पक्राउ



काठमाडौं । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले श्रेष्ठलाई आइतबार पक्राउ गरेको हो ।

अनाथ बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै उनीहरुविरुद्ध जाहेरी परेको थियो ।


क्लिकमान्डु