कालिकोटको मान्ममा प्रभु बैंकको ३०५औं शाखा



काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार २ गतेदेखि कालिकोट, खाडाचक्र नगरपालिका-१ को मान्ममा आफ्नो ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ । प्रभु बैंकको यस अभियानले आम उपभोक्ताको बैंकिङ पहुँचमा वृद्धि भएको बैंकले जनाएको छ ।

बैंकको मान्मा शाखाबाट स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।


क्लिकमान्डु