घट्यो पेट्रोल र डिजलको मूल्य



काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

निगमले डिजल र पेट्रोलको मूल्य घटाएको छ । शनिबार रातीदेखि लागू हुने नयाँ मूल्य सूचीअनुसार प‍हिलो वर्ग अर्थात् काठमाडौंमा पेट्रोल १६२.५० रुपैयाँ तोकिएको छ भने दोस्रो वर्गमा १६४ र तेस्रो वर्गमा १६५ मा कारोबार हुनेछ ।

यसैगरि, निगमले डिजेलको मूल्य पहिलो वर्गमा १४९.५० रुपैयाँ, दोस्रोमा १५१ र तेस्रो वर्गमा १५२ रुपैयाँ कायम गरेको छ ।


क्लिकमान्डु