कालिमाटी तरकारी बजारमा आज : काउली प्रतिकिलो १० रुपैयाँ सस्तो



काठमाडौं । बिहिबार एक रुपैयाँ घटेर ६६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको स्थानीय काउलीमा शुक्रबार भने एकै पटक १० रुपैयाँ घटेको छ ।

शुक्रबार कालिमाटी फलफूल तथा तरकारी बजारमा स्थानीय काउली प्रतिकिलो ५६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै बिहिबार ११० रुपैयाँमा बिक्री भएको तने बोडीको मूल्य शुक्रबार ८६ रुपैयाँ प्रतिकिलोमा झरेको छ ।

यस्तै ज्यापु काउली ७५ रुपैयाँ किलो, सेतो मुला २८, लाम्चो भान्टा ३५ रुपैयाँ, घिउ सिमी लोकल र घिउ सिमी हाइब्रीड ४६, तिते करेला ५५, लौका ४६, परवल लोकल ७५ र परवल तराई ६६ रुपैयाँ प्रतिकिलोमा शुक्रबार बिक्री भएको छ ।
यस्तै घिरौला प्रतिकिलो ५६, झिगुनी ६५, पाकेको फर्सी ३८, हरियो फर्सी लाम्चो ३४, हरियो फर्सी डल्लो ३४ र भिण्डी ३० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

स्वदेशी ठूलो गोलभेडा ४३, भारतीय ठूलो गोलभेडा ६५, स्थानीय सानो गोलभेडा १८, टनेल सानो गोलभेडा २९, स्वदेशी रातो आलु ५१, भारतीय रातो आलु ४७ र मुढेको रातो आलु ४९ रुपैयाँ प्रतिकिलोमा शुक्रबार बिक्री भएको छ ।

प्याजको मुल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार पनि प्याज प्रतिकिलो ८३ रुपैयाँमै बिक्री भएको छ । रायो साग ५० र तोरीको साग ३०, राजा च्याउ २९०, कन्ये च्याउ १९२, डल्ले च्याउ २८४ र ब्रोकाउली ९६.६७ रुपैयाँ प्रतिकिलोमा शुक्रबार कालिमाटी तरकारी बजारमा बिक्री भएको छ ।

कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु