विदेशी मुद्रा सञ्चिति साढे १४ अर्ब डलर पुग्यो




काठमाडौं । विदेशी मुद्रा सञ्चिति साढे १४ अर्ब डलर पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो १० महिनाको तथ्यांक अनुसार विदेशी मुद्रा सञ्चिति वैशाखसम्ममा १४ अर्ब ५४ करोड पुगेको हो ।

गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति वैशाखसम्म बढेर १९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । बैशाख मसान्तमा मेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २४.२ प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८१ बैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भएर १७ खर्ब २२ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा १३.८ प्रतिशतले वृद्धि भइ २ खर्ब २० अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ । २०८१ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।


क्लिकमान्डु