चार दशकमा १५ अर्ब बेरुजु उठेन, शिक्षा मन्त्रालयको धेरै



काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक वर्ष २०१८/१९ देखि आर्थिक वर्ष २०५९/६० सम्म मन्त्रालयगत बेरजु १५ अर्ब ९ करोड ६ लाख पुगेको छ ।

राष्ट्रिय योजना आयोगको सचिवालयसहित २८ मन्त्रालयहरुको फस्र्योट हुन बाँकि बेरुजु चालु विगत ४० वर्षमा १५ अर्ब ९ करोड पुगेको हो ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकका अनुसार शिक्षा विज्ञान तथा प्रबिधी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बेरजु धेरे रहेको देखिन्छ भने केहि मन्त्रालयले बेरुजू फस्र्योट पनि गरेका छन् । शिक्षा विज्ञान तथा प्रबिधी मन्त्रालयकाे बेरुजु साढे ५ अर्ब हाराहारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बेरुजु ४ अर्ब रहेकाे छ ।

४० वर्षमा ३६ लाख ४ हजार बेरुजु मात्रै फस्र्योट भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाउँछ ।


क्लिकमान्डु