भारतमा मोदीले क-कसलाई बनाउँदैछन् मन्त्री ?, ३० जनाले लिए शपथ



एजेन्सी । नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको रुपमा लगातार तेस्रोपटक शपथ लिएका छन् । आइतबार राष्ट्रपति द्रोपदी मुर्मुले मोदीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइन् । यससँगै मोदी स्वतन्त्र भारतको २०औं प्रधानमन्त्री बनेका छन् ।

भाजपाका नेता मोदी २०१४ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यसअघि लगातार ३ वर्ष गुजरातको मुख्यमन्त्री थिए । यसपटकको लोकसभा निर्वाचनमा उनको दल भाजपा सबैभन्दा ठूलो दल बने पनि एक्लै सरकार बनाउन सक्ने अवस्थामा छैन । त्यसैले मोदीले अन्य दलहरुको सहायतामा गठबन्धन सरकार बनाउँदै छन् ।

२२ वर्षसम्म सत्ता एकल निर्णयबाट सत्ता चलाउँदै आएका मोदीलाई अब भने गठबन्धन दलहरुको सहारा चाहिएको छ । अर्थात् अब उनको एकल वा उनको पार्टीको मात्रै निर्णय हुने छैन । ५४३ सदस्य रहने लोकसभामा २९३ सिटमा भाजपा नेतृत्वको गठबन्धनले जितेको छ । त्यसमध्ये त्यसमध्ये भाजपाले २३४ सिट मात्रै हो ।

मोदीले भाजपासहित तेलुगु देशम पार्टी, हिन्दुस्तान अवाम मोर्चा, लोक जनशक्ति रामविलास, जनता दल सेक्युलर र जनता दल युनाइटेडलाई मिलाएर ३० सदस्यीय मन्त्रिमण्डल बनाएका छन्। जहाँ केही पुरानै नेताहरु कायम छन् भने केही नयाँले पनि मन्त्री बन्ने अवसर पाएका छन् ।

३० जनाको मन्त्रिपरिषद्‍मा को को परे ?

राजनाथ सिंह

अमित शाह

नितिन गडकरी

जेपी नड्डा

शिवराज सिंह चौहान

निर्मला सीतारमण

एस जयशंकर

मनोहर लाल

जेडीएस के एच डी कुमारस्वामी

पियुष गोयल

धर्मेन्द्र प्रधान

जीतनारायण माझी

राजिव रन्जन

सर्बानंद सोनोवाल

डा वीरेंद्र कुमार

राममोहन नायडू

प्रह्लाद जोशी

जुएल उरांव

गिरिराज सिंह

अश्विनी वैष्णव

ज्योतिरादित्य सिंधिया

भूपेंद्र यादव

गजेंद्र सिंह शेखावत

अन्नपूर्णा देवी

किरेन रिजिजू

हरदीप सिंह पुरी

मनसुख मांडविया

जी किशन रेड्डी

चिराग पासवान

सीआर पाटिल


क्लिकमान्डु