महिला स्वयंसेवकसहितको राष्ट्रिय सञ्जाल गठन गर्छौं : अध्यक्ष ओली



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी प्रकृतिको महिला राष्ट्रिय स्वयंसेवक सञ्जाल गठन गर्ने तयारी भइरहेको बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘राष्ट्रिय महिला भेलाः धन्यवाद तथा सम्मान कार्यक्रम’ मा आइतबार उनले महिला स्वयंसेवकसहितको राष्ट्रिय सञ्जाल बनाउने तयारी भइरहेको बताए ।

अध्यक्ष ओलीले भेलाले महिला सशक्तिकरण र सामाजिकीकरणको पक्षमा महत्वपूर्ण भूमिका खेलेको बताए । समाजका हरेक क्षेत्रमा महिलाले खरो रूपमा जस्तोसुकै काम गर्नसक्ने र त्यसमा भेलाले आत्मविश्वास भर्ने काम गरेको पनि उनको भनाइ थियो ।


क्लिकमान्डु