
काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग (एमएसएमई) व्यवसाय वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएआईडीसँग सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत युएसएआईडी ट्रेड एन्ड कम्पेटिटिभनेसले बैंकलाई नेपालभरका एमएसएमईहरुमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ ।
बैंकले यस कार्यक्रम मार्फत १० हजार नयाँ एमएसएमईलाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन बित्तीय सहयोग गर्नेछ ।
प्रतिक्रिया