वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच क्रस बोर्डर कारोबार गर्ने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरु तथा भारतीय ग्राहकहरुले एक देशबाट अर्को देशमा मोबाइल बैंकिङ तथा क्यु आर कोडको माध्यमबाट कारोबार गर्न सक्नेगरी डिजिटल प्रबिधीको व्यवस्था बैंकले मिदाउने भएको छ ।

यसले नेपालभित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ । यस्तो कारोवार नेपाल राष्ट्र बैंकले तोकेको सिमा र परिधिभित्र रहेर गर्न सकिने छ । एनसीएचएलको माध्यमबाट यस्ता कारोबारहरु हुनेछन् ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।

सो अवसरमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा दुर्गा कुमारी कंडेल र बिभागीय प्रमुख ऋषि राम ढकाल उप प्रमुख दिनेश ओझा तथा एनसिएचएलका तर्फबाट चिफ अपरेटिङ अफिसर मुन्नि राजभण्डारी र मनिष पटेलको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु