विश्‍वकपलाई लक्षित गर्दै टिसीएलको ‘गो बिग गो टिसीएल’ योजना



काठमाडौं । टिसीएलले टी २० विश्वकप २०२४ लाई लक्षित गर्दै ‘गो बिग गो टिसीएल’ नयाँ योजना नेपाली बजारमा सार्वजनिक गरेको छ। यस अभियान अन्तर्गत ग्राहकहरूले टिसीएलको टिभी खरिदमा १ लाख ६३ हजार ३०० रुपैयाँसम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त गर्न सक्ने बताइएको छ ।

टिसीएलले ३२ इन्चदेखि नेपालको सबैभन्दा ठूलो ९८ इन्चसम्मको टिभी बजारमा उपलब्ध गराउँदै आएको छ। ग्लोबल नम्बर वान गुगल टिभीको रूपमा सम्मानित यस ब्रान्डले किफायती शुल्कमा उत्कृष्ट पिक्चर क्वालिटी पनि दिँदै आएको छ ।

साथै टिसीएलले ग्राहकहरूलाई आफ्नो सपनाको टिभी घरमा ल्याउन सजिलो बनाउने गरी सीजी लोयल्टी क्लब मार्फत नो कस्ट ईएमआई, एक्सचेन्ज अफर र विशेष पुरस्कारहरू जस्ता आकर्षक अफर प्रदान गरेको छ ।

टिसीएलले ९८-इन्च टिभीको फोर-के रिजोल्युसन र एचआरडी सपोर्ट जस्ता क्षमताहरूसँगै उत्कृष्ट पिक्चर क्वालिटीको अनुभव प्रदान गर्छ । यसको ठूलो डिस्प्लेको सहायताले दर्शकहरू आफ्नो घरमै बसी स्टेडियमको अनुभव महसुस गर्न सक्छन् । टिसीएल उपभोक्ता इलेक्ट्रोनिक्समा एक अग्रणी ब्रान्ड हो । यो उत्कृष्ट उत्पादनहरुको लागि संसारभर प्रख्यात छ।


क्लिकमान्डु