वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल रयाली सम्पन्न



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसका अवसरमा शनिबार ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’ भन्ने नाराका साथ तेस्रो सांग्रिला साइकल रयाली सम्पन्न गरेको छ ।

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा वढी संघ संस्थाहरुसँगको सहकार्यमा बैंकले साइकल रयाली सम्पन्न गरेको हो ।

बैंकका संचालक लिसा शेरचनबाट साइकल रयालीमा सहभागीहरुलाई वातावरण संरक्षणका सन्दर्भमा सर्वसाधारणको दायित्व विषयमा संवोधन गरिए पश्चात साइकल रयालीको शुरुवात गरिएको थियो ।

सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार पुल कोरिडोर बाटो हुँदै सेतोपुल, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगेर करिब १० किलोमिटर दुरीको यात्रा सम्पन्न भएको थियो ।

साइकल रयालीमा बैंकका संचालक, कर्मचारी, ग्राहकवर्ग, शेयरधनी, प्रवद्र्वक, प्रायोजक एवं बैंकप्रति सुभेच्छा राख्नेको उपस्थिती रहेको थियो ।

तेस्रो संस्करण साइकल रयालीमा १५०० जनाभन्दा वढीको सहभागिताका साथ सम्पन्न भएको छ ।

साइकल रयालीमा सहभागीभएका मध्येबाट एक जना भाग्यशाली भक्तपुरका रविन रचालिकालाई लक्की ड्रबाट उपहार स्वरुप एउटा साइकल समेत प्रदान गरिएको थियो ।

साइलक रयालीकै दिन पारेर बैंकले ग्रिन सेभिङ्ग सम्वन्धि प्रोडक्ट समेत लन्च गरेको छ । यस किसिमको प्रोडक्टमा जति खाता खोलिन्छ सोही संख्यामा बैंकले वृक्षारोपण गर्ने विशेषता उक्त प्रोडक्ट पेपरको रहेको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले रयालीमा भएको सहभागीहरुको उत्साहपूर्वक सहभागीताका लागि धन्यवाद ज्ञापन गर्दैै साइकल रयाली समापन गरेका थिए ।


क्लिकमान्डु