नेप्सेमा २० अंकको गिरावट, १७३ कम्पनीको मूल्य घट्दा पनि ३ कम्पनीमा सर्किट



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा भारी गिरावट आएको छ । कारोबार सुरु भएको केही मिनेट सामान्य बढेको सेयर बजारले उतारचढाव भोगेपछि घट्ने थालेको स्थितिमा सुधारको प्रयास नगर्दा ऋणात्मक देखिएको हो ।

यसदिन नेप्से १९.८९ अंकले घटेर २०६९.५३ अंकमा कायम भएको छ । नेप्से ०.९५ प्रतिशतले घटेको दिन सेन्सिटिभ इन्डेक्स ३.९० अंकले ओर्लिएर ३७०.१९ अंकमा पुगेको छ ।

दिनभर कारोबारमा आएका १ सय ७३ कम्पनीको मूल्य घट्दा नेप्से पनि घटेको हो । यसदिन ७० कम्पनीको भाउ बढे भने ४ वटाको यथावत रहे ।

बढी कमाउनेमा नेपाल फाइनान्स, अपर लोहोरे खोला हाइड्रो र भगवती हाइड्रोका सेयरधनी अगाडि रहे । यी कम्पनीको सेयर मूल्यमा पोजिटभ सर्किट लाग्दा मनकाना इन्जिनियरिङर युनिलिभरको मूल्य करिब १० प्रतिशतले बढ्यो । यस्तै पोखरा फाइनान्सको भाउ १० प्रतिशतले गिरावट आएको छ ।

दिनभर ६१ हजार ७२ कारोबारमार्फत् ३११ कम्पनीको ९८ लाख ६४ हजार कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँमा किनबेच भए । यसदिन कारोबार रकमका आधारमा नेपाल फाइनान्स अगाडि रह्यो ।

नेप्से घट्दा बजारको कुल पुँजीकरण ३२ खर्ब ८१ अर्ब ६७ लाख कायम भएको छ ।


क्लिकमान्डु