चार जिल्लाका ४७२ सहकारी संस्था गायब, धमाधम खोज्दै प्रदेश सरकार



काठमाडौं । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार ४ वटा जिल्लाका ४७२ सहकारी संस्था गायब भएका छन् ।

मधेश प्रदेशका बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका ४७२ संस्था सम्पर्क बिहीन भएका छन् । मन्त्रालयका अनुसार बारा जिल्लाका ११२, पर्साका ८५, रौतहटका ८३ र सर्लाही जिल्लाको १९२ संस्था रहेका छन् ।

यी संस्थाहरुलाई ३५ दिनभित्र सम्पर्कमा आउन भनिएको छ । सम्पर्कमा नआएको खण्डमा प्रदेश सहकारी ऐन २०७९ तथा नियमावली २०८० बमोजिम कारबाही गर्ने मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारको हालसम्म सम्पर्कमा नआएको, कोपोमिस प्रणालीमा आवद्ध नभएको र आवद्ध भएकाहरुले पनि प्रतिवेदन पेश नगरेको तथा पटक पटक ताकेता गर्दा समेत सम्पर्कमा नआएको भन्दै ३५ दिने सूचना जारी गरेको जनाएको छ ।


क्लिकमान्डु